Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


६ चैत्र, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर रू एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो ।

साथै एनआइसी एशियाको रू छ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक शेयर रु पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर सात दशमलब ७३,नयाँ सारथी लघुवित्त छ दशमलव १८, मानुषी लघुवित्त पाँच दशमलव ६७ र विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७७ प्रतिशतले बढेको छ । साथै सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३६, स्वाभिमान लघुवित्त चार दशमलव ७२, सानिमा ग्रोथ स्किम चार दशमलव ४५, विन नेपाल लघुवित्त चार दशमलव शून्य आठ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?