Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

किताब र पोसाकको सिण्डिकेट् संगै पुन भर्नामा शुल्क बिरुद्ध नेविसंघको ध्यानाकर्षण


काठमाडौं । नेपाल बिद्यार्थी संघले आफ़्नो ५५ औं स्थापना दिवसको सु-अवसरमा देश भर ७५३ वटै पालिकामा १७ बुद्दे ज्ञापनपत्र बुझाएको छ।

” निःशूल्क र गुणस्तरिय शिक्षाका ” पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउने क्रम अन्तर्गत ललितपुर महानगपालिकामा नगर प्रमुख चिरी बाबु महर्जनलाई नेविसंघका प्रतिनिधिका रूपमा गएका केन्द्रीय सदस्य उज्ज्वल बज़्राचार्य र सुमित्रा घिमिरेले कार्यकक्षमा भेटी केन्द्रीय समितिको तर्फ़बाट ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रममा ने बि संघ ललितपुरका अध्यक्ष सरोज घोरासैनी लगायत जिल्ला कार्यसमिति र बिभिन्न क्यामपसका संघका नेताहरुको पनि उपस्थिति रहेको थियो ।सो कार्यक्रममा भर्ना भैसकेका बिद्यार्थीलाई पुन भर्नामा शुल्क नलिन र बिद्यालय र क्याम्पसमा भएको एकल किताब र पोसाक किन्ने सिण्डिकेट् बिरुद्ध केन्द्रीय सदस्य उज्ज्वल बज़्राचार्यले नगरप्रमुखलाई बिशेष ध्यान आकर्षण गराएका थिए ।


प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?