Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

किताब र पोसाकको सिण्डिकेट् संगै पुन भर्नामा शुल्क बिरुद्ध नेविसंघको ध्यानाकर्षण


काठमाडौं । नेपाल बिद्यार्थी संघले आफ़्नो ५५ औं स्थापना दिवसको सु-अवसरमा देश भर ७५३ वटै पालिकामा १७ बुद्दे ज्ञापनपत्र बुझाएको छ।

” निःशूल्क र गुणस्तरिय शिक्षाका ” पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउने क्रम अन्तर्गत ललितपुर महानगपालिकामा नगर प्रमुख चिरी बाबु महर्जनलाई नेविसंघका प्रतिनिधिका रूपमा गएका केन्द्रीय सदस्य उज्ज्वल बज़्राचार्य र सुमित्रा घिमिरेले कार्यकक्षमा भेटी केन्द्रीय समितिको तर्फ़बाट ज्ञापनपत्र बुझाएका थिए ।

कार्यक्रममा ने बि संघ ललितपुरका अध्यक्ष सरोज घोरासैनी लगायत जिल्ला कार्यसमिति र बिभिन्न क्यामपसका संघका नेताहरुको पनि उपस्थिति रहेको थियो ।सो कार्यक्रममा भर्ना भैसकेका बिद्यार्थीलाई पुन भर्नामा शुल्क नलिन र बिद्यालय र क्याम्पसमा भएको एकल किताब र पोसाक किन्ने सिण्डिकेट् बिरुद्ध केन्द्रीय सदस्य उज्ज्वल बज़्राचार्यले नगरप्रमुखलाई बिशेष ध्यान आकर्षण गराएका थिए ।


प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?