Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिएपछि बिहीबार मन्त्री परिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमा भरत प्रसाद साह (माओवादी केन्द्र) विनाविभागीय, युवराज भट्टराई ( माओवादी केन्द्र )उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली(एकीकृत समाजवादी )विना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् भने शारदा थापा ( नेकपा एमाले )गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका छन् ।


प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?