Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक


काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ । उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन गरेका छन् । नेता महतोले मधेस सङ्घर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेको विद्रोहको आवाजलाई बुझ्ने गरी उल्लेख गरेका छन् ।

सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो भने । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तुलाई समेटेको छ”, उनले भने ।

मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र सङ्घर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेकाले दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै उनले सबै जातजाति, भाषाभाषी, वर्गत र समुदायको भावनालाई राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राखेका छन् ।

पुस्तकको टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेपालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई क्रमबद्ध गरिएको उल्लेख गरे । उनले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरुलाई पुस्तकमा नसमेटिएको टिप्पणीगरेका छन् ।

प्रा डा बालकृष्ण माबुहाङ्ले मधेसको राजनीतिक सङ्घर्ष र मधेसी जनताको पीडालाई उजागर गरिएको पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको बताए । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले मधेसी जनताको मुक्तिका लागि सङ्घर्ष गरेका नेता महतोको पुस्तक अधुरो क्रान्ति आधुनिक राजनीतिक इतिहासको साक्षीको रुपमा आएको उल्लेख गरे । मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालमा वैचारिक, सामाजिक न्यायको क्रान्ति अधुरो छ भन्ने पुस्तकले प्रमाण पेस गरेको छ ।

पूर्वराजदूत महेश दाहालले मधेसको समग्र समस्या बुझ्न पुस्तक उपयोगी हुने बताए अभियान्ताद्वय सुमन सायमी र बुद्धछिरिङ मोक्तानले मधेसका अधुरा क्रान्तिलाई पूरा गर्न पुस्तकले प्ररित गर्ने धारणा राखे ।
पुस्तकमा ‘माटो र बाटोको पहिचान’, ‘भाषिक सङ्घर्ष’, ‘पहिचानको सङ्घर्ष’, ‘उदगम र उपेक्षा’, ‘सङ्गत’, ‘विभेदको अन्त्यहीन दुष्चक्रलगायत’ लगायत शीर्षकमा लेख समावेश छन् । पाइन प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको तीन सय ८१ पृष्ठको उक्त पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?