Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु


काबुल। अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ । विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारी अुनसार बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।’ सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ । लगभग ६०० घरहरू क्षतिग्रस्त भएका छन् । साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ ।

देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहारमा सबैभन्दा बढी क्षति भएको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?