Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध


सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताउनुभयो । ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा उत्पादन भएको फोहर उठाएर नगरपालिकाले तोकेको क्षेत्रमा फाल्छ ।

खुला स्थानमा लगेर फालिएको फोहर जङ्गली जनावरका साथै चराचुरुङ्गीले टिपेर र हावाले उडाएर अन्यन्त्र लैजाने गरेको अर्का स्थानीय राजन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार फोहर थुपारेपछि आगो लगाउनाले बजारलाई असर पुग्छ । सात वर्ष पहिला नै नगरपालिकाले ल्याण्डफिल साइटको रुपमा कालीन्जोर नदी किनारको भाग बनाएको र आफूले त्यही लगेर फोहर फाल्ने गरेको ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीका सञ्चालक माधव बरालले बताउनुभयो । नदी किनारमा फोहर डम्पिङ गर्ने र चार÷पाँच दिनमा फोहरलाई आगो लगाउने गरिन्छ । त्यतिञ्जेल फोहोर यत्रतत्र पुग्ने गर्दा सो क्षेत्र दुर्गन्धित भएको स्थानीय उमाशङ्कर साहले बताउनुभयो।

नगरपालिकाले विशुद्ध परम्परागतरुपमा फोहरलाई व्यवस्थापन गर्ने गरेको छ । अबको पहिलो चरणमा फोहरलाई खाल्डो बनाएर पुर्ने काम गर्ने र विस्तारै ल्याण्डफिल साइट निर्माण गरी सोही स्थानमा फोहर व्यावस्थापन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो । उहाँले तत्काल कुनै व्यवस्थापन गर्न सक्ने अवस्था नरहे पनि आज लगेको फोहर आजै खाल्डो बनाएर पुर्ने काम हुने बताउनुभयो । अहिले वातावरणसमेत प्रदूषित भएको छ । कतिपयले आफूखुसी फोहर फ्याँक्ने काम गर्दा फोहर जताततै देखिन्छ ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?