Trending
>>   जनताले सरकार परिवर्तन मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन्ः ज्येष्ठ… >>   कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने >>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

सम्पत्ति शुद्धीकरण मुद्दा : गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना


काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको हो । गत ७ चैत मा विशेष अदालतले उनलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ७ चैत २०८० मा दोषी ठहर गरेको थियो।

कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?