Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भक्तपुरमा जात्रा हेर्न पोखरीको डिलमा बसेका ५० वर्षीय तुइलाल श्रेष्ठको पोखरीमा डुबेर मृत्यु


भक्तपुर। मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।

जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

शव शवपरीक्षणका लागि के.एम.सी. अस्पताल दुवाकोटमा लगेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?