Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नवनिर्वाचित उपराष्ट्रपतिलाई निवर्तमान उपराष्ट्रपतिको बधाई


६ चैत्र, काठमाडाैँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गरेका छन् । आज एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका हुन् ।

दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै उनले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमान्दारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोशिस गरेको बताएका छन् ।

सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उनले जनाएका छन् ।

“मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउनसमेत सहयोग गर्ने राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्णसहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु”, उनले भनेका छन् ।

उनले उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पदान गर्ने कर्मचारी, निजी सचिवालयका सदस्य, सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यलाई धन्यवाद दिएका छन् । निवर्तमान उपराष्ट्रपति पुनले आगामी दिनमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?