Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

“के तपाई आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ?” ज्याकी चानकाे जवाफ


विश्व प्रसिद्ध अभिनेता ज्याकी चानलाई पत्रकारले प्रश्न गरे, ‘के तपाई आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ ?’ । यसको जवाफमा उनले निकै मिठो जवाफ दिए —”थाहा छ, मैले एकपटक निकै विवेकपूर्ण कुरा सुनेको थिए;तिमीले गाह्रो भन्ने काम, बेरोजगारको निम्ति सपना हुनसक्छ ।

तिमीले केही गर्न नसकेको भन्ने सन्तान कोही बच्चा नहुनेको लागि सपना हुनसक्छ ।तिम्रो चुहिने छानो घरै नहुनेको लागि सपना हुनसक्छ । तिम्रो थोरै बचत ऋणमा डुबेकोको लागि सपना हुनसक्छ ।

अस्वस्थ भईरहने तिम्रो शरीर दीर्घ रोगी र शारीरिक रूपमा अशक्तको लागि सपना हुनसक्छ । तिमीले खाने सामान्य खाना, वा सामान्य सुताई युद्धमा होमिएका व्यक्तिको लागि सपना हुनसक्छ ।
यसैले जीवनमा जे मिलेको छ, त्यो प्रति कृतज्ञ हुन सक्नुपर्छ । भोली, के हुन्छ, कुन अवस्थामा भइन्छ कसलाई थाहा हुन्छ र ?”


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?