६ चैत, काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्वीकृत भएको छ । उनले जनता समाजवादी पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको हो ।
उनले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार उनको राजिनामा स्वीकृत गरेका हुन् ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि यावदले जसपाको कार्यकारिणी सदस्य समेतबाट राजिनामा दिएका हुन् । उनले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार