Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

नागरिक सुनुवाइमा गुनासाे-‘सीसीटिभी क्यामरा जडान गरिदिनु’


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११, २८ र २९ का नागरिकले चोरी नियन्त्रणका लागि सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गरेका छन् । सिंहदरबार प्रहरी वृत्तअन्तर्गतका सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क र थापाथलीको संयुक्त आयोजनामा गरिएको नागरिक सुनुवाईमा सहभागीले, दिनको समयमा पनि चोरीका धेरै घटना हुने गरेको, यस्ता घटनाका चोर पक्राउ पर्न नसकेको बताउँदै सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गर्नुभएको हो ।

हराएको मोटरसाइकल पत्ता नलागेको, बैङ्कबाट अनधिकृत पैसा निकाल्नेहरु पक्राउ पर्न नसकेको, आफ्नो घरको फोहोर अर्काको घर अगाडि राखिदिएको, घर भाडा नतिरेर सामान सुटुक्क सारेको, दुव्र्यसनीका कारण कतिपय ठाउँहरुमा हिँड्न कठिन भएको, मोटरसाइकलको तिब्र गति र चर्को आवाजले शारीरिक रुपमा कमजोर र ज्येष्ठ नागरिक असुरक्षित रहेको, नागरिकले व्यक्त गरेका समस्या हुन् ।

कुनै रेष्टुरेन्ट अबेरसम्म खोल्न दिने, कसैलाई १० नबज्दै बन्द गर्न लगाउने गर्नु हुँदैन । राती हिँड्ने सबै दुव्र्यसनी हुँदैनन् । रातको समयमा वाध्यताबश हिँड्नु पर्ने हुन सक्छ । यसरी हिँड्नेलाई गाली गर्नभएन । रातको समयमा प्रहरी जहाँ पनि पुग्न सक्छ, भन्ने भयो भने चोरहरु डराउँछन् । दुव्र्यसनीले गलत गर्न पाउँदैनन् । शान्ति सुरक्षासँग जोडिएका यस्ता विषय उठेका थिए ।यस्तै फोहोरमैला व्यवस्थापन, सामुदायिक कुकुर व्यवस्थापन, घरभाडा लिनेदिनेको समस्या जस्ता महानगरपालिकासँग सम्बन्धित विषय उठेका थिए ।

यसरी सोधिएका प्रश्नको जवाफमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले, घर बनाउँदै सुविधा खोज्दै गरेर विकास भएका कारण सहरी सुरक्षा व्यवस्थापनमा कठिन भएको बताउनुभयो । सीसीटिभी क्यामरा जडान गर्ने विषयमा कुरा गर्दै उहाँले, क्यामरासँग व्यक्तिको गोपनीयताको हकलगायत पक्ष जोडिएको बताउनुभयो । यसकारण महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्यमा सीसीटिभी क्यामरा जडान गरिररहेको र यसलाई प्रविधिमैत्री बनाउँदै लगेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सहरी सुरक्षा वढाउने प्रविधि विकासमा काम गर्नु पर्ने बताउनुभयो । सिंहदरबार वृत्तको क्षेत्राधिकारभित्र गुनासो आएको २ मिनेटदेखि बढीमा १० मिनेटभित्र घटना स्थलमा प्रहरी पुगिसक्ने बताउँदै वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले, मदिरा विक्री हुने पसललाई १० बजे बन्द गराउने गरिएको यसबाहेकका अन्य पसललाई व्यवहारिक अवस्था हेरेर आधा घण्टाभित्र बन्द गराउने गरिएको बताउनुभयो । प्रहरी नागरिकको सुरक्षाकै लागि हो । आँखै अगाडि नदेखिए पनि प्रहरी छेउमै हुन्छ । शाहले नागरिकलाई सुरक्षित महसुस गराउने प्रयत्न गरिएको बताउनुभयो ।

वडा महिला सञ्जालकी सदस्य आशा श्रेष्ठ रौनियारले, महानगरपालिकाले स्थानीय विवाद निरुपणका लागि सञ्चालन गरिरहेको सञ्जाल र मेलमिलाप केन्द्रका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै घट्टेकुलो केन्द्रका अध्यक्ष टंकबहादुर श्रेष्ठ, पुरानो बसपार्क केन्द्रकी उपाध्यक्ष सरस्वती पन्त भट्टराईले शान्ति सुरक्षाका लागि नागरिक दायित्व पूरा हुनु पर्ने बताउनुभयो ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?