Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रास्वपा सक्ने घरबेटी बा…


  • मुकुल ढकाल

रास्वपाका भाइरसहरू चिन्नुहोस् :
यिनी हुन् भरतमणि देवकोटा । पार्टीको अनुशासन आयोगको प्रमुख । यिनी मेरै सिफारिसमा तत्कालित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख भएका थिए । कुरा राम्रै चल्दै थियो, राजदुतको भागबन्डामा पार्टीलाई दुइ जना राजदुत पर्यो । आफूलाई राजदुत बनाउनै पर्छ भनेर अड्डि कसे । म समीक्षा यात्रामा भएका कारण मैले त्यता ध्यान दिइन र गृहमन्त्रीसँगै कुरा गर्नु भनिदिए । मैले सोचे कुरा सकियो, तर कुरा बाँकी नै रहेछ ।

यात्राको क्रममा मैले अनुशासन आयोगलाई प्रश्न सोधे, बाहिर के बोल्न मिल्छ, के मिल्दैन । जवाफ दिएनन् । मेरो नाममा उल्टै आफैँ मिडिया बाजी गर्दै हिँडे र ममाथि आरोप थुपारे (सभापतिलाई तत्कालै जानकारी गराएको थिए, मेसेजको स्क्रिनसट मसँग सुरक्षित छ) ।

समीक्षा यात्राको क्रममा पार्टीका आम सदस्यहरूले यिनको भूमिकामा प्रश्न गरे । यात्राका क्रममा भएका बैठकमा सहभागी साथीहरू प्रमाण हुनुहुन्छ । अनुशासन आयोगमार्फत पार्टीमा दुषित राजनीति गरिराखेको छन् भनेर मेले साथीहरूको भनाइलाई जस्ताको तस्तै प्रतिवेदनमा उतारे ।

यिनी पार्टीको केन्द्रीय कार्यलयको घरबेटी पनि हुन् । पार्टीलाई टन्न ऋण थुपारेका छन्, र पार्टीलाई त्यहि ऋण देखाएर एक पक्षिय निर्णयहरू गराउँदै हिँडेका छन् । घरबेटी बा, रास्वपा सक्ने तपाईंको योजना पूरा हुने छैन। राजदुत नपाएकै आधारमा तपाईंले लिन खोजेको पार्टी प्रतिको प्रतिषोध विफल हुनेछ ।


प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?