Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टाउको फरक,जिउ एकै: एउटीको बिहे भयो अर्की अझै सिंगल !


लौ अनौठो खबर पढ्नुहोस्; यी दुई हुन् ३४ वर्षका एबी हेन्सल र ब्रिटनी हेन्सल । दुवैको टाउको फरक छ तर जिउ एकै छ । जिउ एउटै देखिए पनि दुई छुट्टै शरीर एक आपसमा गाभिएको हो । अर्थात्, दुइ जनाकै आफ्नो-आफ्नो मुटु, फोक्सो, पेट, ढाड हुन्छ ।

तर हात र खुट्टा भने एकजनाको एउटा एउटा र अर्कोकको एउटा एउटा गरेर दुइ हात दुइ खुट्टा हुन्छन् । एका तिरको एउटा हात र एउटा खुट्टा एउटा दिदिको नियन्त्रणमा हुन्छ भने अर्को तिरको अर्को बहिनिको नियन्त्रणमा हुन्छ । उनीहरूलाई ताली बजाउन पनि आपसी सहकार्य चाहिन्छ । हिड्नपनि एउटा बहिनीले खुट्टा चालेपछी अर्कीले मेसो मिलाएर चालिहाल्नुपर्छ । नत्र लड्ने सम्भावना हुन्छ । तर यिनीहरूले सानैदेखी यसमा अभ्यस्त भए ।

दुवै जनाले एकै पटक लेख्न, सोच्न, खान सक्छन् । एउटा बहिनी रुँदा अर्को हाँस्न सक्छिन् । तर यहाँ रोचक खबर त के छ भने शरीर जोडिए पनि एउटीको बिहे भयो भने अर्की अझै सिंगल छिन । विवाहमा एउटी बहिनि वैवाहिक जीवनमा रमाईरहँदा अर्की भने अविवाहित नै चित्त बुझाउनु परेको छ । तैपनि, यौनांगलगायतका अंगहरू चाहिँ एउटै छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?