Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

विवाह गर्ने साेच बनाँउदै हुनुहुन्छ, कहिले उपयुक्त समय?


हामीले हेर्दै सुन्दै आएका कसैले कलिलो उमेरमा विवाह गरे, कसैले निक्कै धेरै उमेर ढल्किएपछि विवाह गरे । कतिभने अझै अविवाहित नै छन् । यसैले विवाहको दवाव एउटा निश्चित उमेर अवधिमा आउने भए पनि, उमेर पुगेकै कारण मात्र विवाह गर्नुपर्छ भन्नु गलत हुन्छ । यसैले विवाह तब गर्नुहोस् :

— जब तपाई मानसिक रुपमा तयार बन्नुहुनेछ ।
— जब सँगै सहयात्रा गर्ने साथी मनमिल्दो भेट्नुहुनेछ ।
— जब सन्तानलाई हुर्काउन सक्षम छु भन्ने कला सिक्नुहुन्छ ।
— जब आजको प्रेम विवाह पछि पनि निरन्तरता दिन सक्छु भन्ने विश्वास छ भने ।
— जब एकले अर्काको नकरात्मक पाटोलाई स्वीकार र सकरात्मक पाटोलाई सम्मान गर्न सक्छु भन्ने लाग्छ भने ।
अन्यथा, वरु वर्षौं कुर्नुस तर हतारमा विवाह नगर्नुस् । बरू खाली बस्नुस्, तर विना प्रेमको विवाह नगर्नुस । बरू, एक्लै बस्नुस्, तर तपाईको कमजोरीलाई स्वीकार गर्न सक्ने र एकले अर्काको पूरक बन्न सकेन भए मात्र विवाह गर्नुस् । हतारमा एउटा गलत व्यक्तिसँग विवाह गर्नुभन्दा बरु एउटा सही मानिसको पर्खाई एक्लै वर्षौं बस्नु राम्रो हुन्छ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?