Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

आठौं भक्तपुर महोत्सवः अहिलेसम्म १ लाख जनाले गरे अवलोकन


भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ । “२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ ।

मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेहरुको संख्यामा वृद्धि हुने आयोजकहरुको अपेक्षा छ । आज २८ गते विहिबार गायीका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनले जानकारी दिएका छन् । “अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसक्नु भएको छ,” महर्जनले भने । नृत्य प्रतीयोगीता पनि जारी रहेको र बैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने उनले बताए ।

नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुनेछ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?