Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उपनिर्वाचन हुने स्थानका विद्यालय दुई दिन बन्द हुने


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको जनाएको छ ।

“मिति २०८१/१/१५ मा हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १(१) मा उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म ३ दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म २ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने” विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?