Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

उपनिर्वाचन हुने स्थानका विद्यालय दुई दिन बन्द हुने


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको जनाएको छ ।

“मिति २०८१/१/१५ मा हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १(१) मा उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म ३ दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म २ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने” विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?