Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

किन बढिरहेकाे छ पछिल्लो समय फेसबुक ह्याक? यस्ता छन बच्ने उपाय


पछिल्लो समय फेसबुक पेज Hack हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित ब्यक्ति तथा संस्थाका फेसबुक पेजहरु दिनदिनै Hack भैरहेका छन् । Hack कसरी भैरहेको छ त ?

अहिले Hacker हरुले नाम चलेका र धेरै followers भएका पेज तथा profile मा विज्ञापन गर्छौ भन्दै म्यासेज पठाउने र उनीहरुले भनेको जस्तै गर्दा Account hack हुने गरेको छ । उनीहरुले सुरुमा तपाईंको इमेल माग्छन् र इमेलमा आएको Link मा click गरेर उनीहरुले भने अनुसार गरेपछी सजिलै तपाइँको Account Hack हुन्छ ।

त्यसैगरी आजभोली Hacker ले तपाईंको फेसबुकको cookies समेत माग्ने गरेका छन् । cookies यस्तो चिज हो, जसबाट Password र Email बिना नै Account मा Login गर्न सकिन्छ । यसमा उनीहरुले सबैभन्दा पहिले Fake notification मार्फत तपाईको अकाउन्ट/पेज बन्द हुँदै छ भनेर message पठाउछन् । यदि बन्द हुनबाट बच्ने हो भने तपाईंको फेसबुक अकाउन्टको cookies पठाउन भन्छन् । Cookies कसरी निकाल्ने भनेर उनीहरुले Video Tutorial नै बनाएका हुन्छन् । अनि Cookies पाएपछि उनीहरुले सिधै तपाईंको facebook account मा access गर्न सक्छन् । तपाईंको Account मा 2 factor authentication भए पनि cookies पाएपछि सिधै login गर्न सकिन्छ र नयाँ Login भएको भनेर फेसबुकमा notification समेत आउदैन ।

त्यसैले यसबाट बच्नको लागि:

– फेसबुक पेज र प्रोफाइलमा को-को Admin छन् भनेर हेर्ने गरौं । एकजनाको account hack भएपछि पेज नै Hack हुन सक्छ ।

– जथाभावी Admin बनाउने काम नगरौं ।

– फेसबुकमा आउने fake notification लाई चिनौ ।

– तपाईंको पेज अब बन्द हुन्छ भन्दै message आयो भने www.facebook.com/profile_status मा जानुहोला । त्यहाँ हरियो लाईनमा No restriction लेखेको छ भने पेजमा कुनै समस्या छैन र त्यो notification fake हो भनेर बुझ्नुहोला ।

– लाखौंको विज्ञापन आयो भन्दै जथाभावी link मा Click नगर्नुहोला ।

– Cookies चोरीबाट बच्नको लागि आफ्नो मोबाइल, फोन तथा कम्प्युटर Lock गर्ने बानी गर्नुहोला ।

– Facebook hack भएपछी आउने Bot comments लाई चिन्नुहोला ।


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?