Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

किन बढिरहेकाे छ पछिल्लो समय फेसबुक ह्याक? यस्ता छन बच्ने उपाय


पछिल्लो समय फेसबुक पेज Hack हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित ब्यक्ति तथा संस्थाका फेसबुक पेजहरु दिनदिनै Hack भैरहेका छन् । Hack कसरी भैरहेको छ त ?

अहिले Hacker हरुले नाम चलेका र धेरै followers भएका पेज तथा profile मा विज्ञापन गर्छौ भन्दै म्यासेज पठाउने र उनीहरुले भनेको जस्तै गर्दा Account hack हुने गरेको छ । उनीहरुले सुरुमा तपाईंको इमेल माग्छन् र इमेलमा आएको Link मा click गरेर उनीहरुले भने अनुसार गरेपछी सजिलै तपाइँको Account Hack हुन्छ ।

त्यसैगरी आजभोली Hacker ले तपाईंको फेसबुकको cookies समेत माग्ने गरेका छन् । cookies यस्तो चिज हो, जसबाट Password र Email बिना नै Account मा Login गर्न सकिन्छ । यसमा उनीहरुले सबैभन्दा पहिले Fake notification मार्फत तपाईको अकाउन्ट/पेज बन्द हुँदै छ भनेर message पठाउछन् । यदि बन्द हुनबाट बच्ने हो भने तपाईंको फेसबुक अकाउन्टको cookies पठाउन भन्छन् । Cookies कसरी निकाल्ने भनेर उनीहरुले Video Tutorial नै बनाएका हुन्छन् । अनि Cookies पाएपछि उनीहरुले सिधै तपाईंको facebook account मा access गर्न सक्छन् । तपाईंको Account मा 2 factor authentication भए पनि cookies पाएपछि सिधै login गर्न सकिन्छ र नयाँ Login भएको भनेर फेसबुकमा notification समेत आउदैन ।

त्यसैले यसबाट बच्नको लागि:

– फेसबुक पेज र प्रोफाइलमा को-को Admin छन् भनेर हेर्ने गरौं । एकजनाको account hack भएपछि पेज नै Hack हुन सक्छ ।

– जथाभावी Admin बनाउने काम नगरौं ।

– फेसबुकमा आउने fake notification लाई चिनौ ।

– तपाईंको पेज अब बन्द हुन्छ भन्दै message आयो भने www.facebook.com/profile_status मा जानुहोला । त्यहाँ हरियो लाईनमा No restriction लेखेको छ भने पेजमा कुनै समस्या छैन र त्यो notification fake हो भनेर बुझ्नुहोला ।

– लाखौंको विज्ञापन आयो भन्दै जथाभावी link मा Click नगर्नुहोला ।

– Cookies चोरीबाट बच्नको लागि आफ्नो मोबाइल, फोन तथा कम्प्युटर Lock गर्ने बानी गर्नुहोला ।

– Facebook hack भएपछी आउने Bot comments लाई चिन्नुहोला ।


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?