Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान


काठमाडौँ । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्नो विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रम विद्यालयको प्राचार्य टङ्क लिम्बुको अध्यक्षता सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेम कुमार तामाङ र निजि विद्यालयहरुका संगठन डिनका अध्यक्ष सुर्य भन्डारी रहनुभएको थियो।

कार्यक्रमको शुरूवातमा विद्यालयका विद्यार्थीहरुले स्वागत गीत र स्वागत नृत्य गरेका थिए । त्यसैगरी कार्यक्रममा जनजाती डान्स,नर्सरी डान्स,कक्षा १ मा अध्यनरत विद्यार्थीहरुको नृत्य, एलकेजिमा अध्यनरत विद्यार्थीहरुको नृत्य,युकेजी फेसन शो, कक्षा २ का ए र बि को नृत्य, सामुहिक नृत्य,साकेला नृत्य, नर्सरीका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम, सन्देशमुलक नाटक प्रस्तुती, धान नाच,तामाङ सेलो नृत्य,ख्याली मारुनि नृत्य, सोलो गीत, गोर्खे खुकुरी मिक्स डान्स,नौमती बाजाको अर्केष्टा,रिमाई कौडा डान्स प्रस्तुत गरेका थिए ।

यसैबीच एस.इ.इ. ब्याच-२०८० लाई पनि मायाको चिनो सहित बिदाई गरिएको थियो। प्रधानाध्यापक लिम्बुले अहिलेसम्म विद्यालयले गर्दै आएको विभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापहरुको बारेमा प्रस्ट्याउँदै विद्यालयका आगामी योजनहरु प्रस्तुत गरेका थिए।कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थी,अभिभावकले पनि आफ्नो विचार राखेका थिए । कार्यक्रममा विद्यार्थी,अभिभावक गरि ७ सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?