Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बाइक चलाउँदा कुकुरले लखेट्दा के गर्ने?


तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै हुन्छ । कहिल्यै सोच्नुभएको छ कुकुरहरूले किन त्यसो गर्छन्? वैज्ञानिकरुपमा पुष्टि नभएपनि कुकुरले खेदाउने कारणहरु यस्तो हुन् सक्छन –

कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिसाब गरेर आफ्नो क्षेत्र छुट्याउछन् । कहिलेकाहीँ तपाईंले आफ्नो गाडी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले तपाईंको गाडीको टायरमा पिसाब गर्न सक्छ । र जब तपाईं त्यो ठाउँबाट आफ्नो गाडी लैजानुहुन्छ र अर्को कुकुरको इलाकामा प्रवेश गर्नुहुन्छ त्यसले अन्य कुकुरहरूको गन्ध थाहा पाउँछ र उनीहरूलाई लाग्छ कि अर्को छेत्रको कुकुर आफ्नो क्षेत्रमा पस्यो त्यसैले तिनीहरूले लखेट्न थाल्छन् ।

कुकुरहरुलाई गाडीको बत्ति, गाडीको आवाज, गाडीको घुमेको टायर मनपर्न सक्छ र उनीहरूलाई त्यसले आकर्षित गर्छ त्यसैले गाडीको पछि कुदेको हुनसक्छन् । त्यस्तै केही सवारीसाधनको ठुलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।
बाइक वा स्कुटर चलाउँदा कुकुरले लखेट्दा के गर्ने ?

वास्तवमा, एउटा तरिका छ, जसलाई तपाइँहरुले कुकुरले लखेट्दा अपनाउन सक्नुहुन्छ । तपाईले देख्नु भएको होला कि धेरै जसो बाइक तीव्र गतिमा भएको बेला कुकुरले भुक्ने र खेद्ने गर्छ । कुकुर दौडिरहेको कुरा समात्न चाहन्छ। तर, त्यसको उल्टो गरे अर्थात् बाटोमा कुकुर देखेपछि बाइकलाई स्लो गर्नुभयो भने कुकुर भुक्ने छैन र लखेट्ने पनि छैन ।

यसबाहेक आवश्यक परेमा मोटरसाइकल रोकेर बिस्तारै त्यो बाटोबाट निस्कन पनि सकिन्छ । यसो गर्नाले कुकुरहरू भुक्न बन्द हुनेछन् । कुकुर भुक्दा आत्तिनु पर्दैन र मोटरसाइकल धेरै तीव्र गतिमा चलाउनु हुदैन ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?