Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने सरकारी वकिल कार्यालको निर्णय


६ चैत्र, काठमाडाैँ। रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ ।

प्रहरीले लामिछानेको राहदानी प्रकरणमा छानबिन गरेर प्रतिवेदन पठाएको थियो । उक्त प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको हो ।

लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको सरकारी वकिल कार्यालयले गरेको जानकारी दिइएको छ ।

अब उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने प्रावधान रहेको छ ।

विदेशी नागरिकता लिएको र सो त्याग नगरी पुनः नेपाली नागरिकता प्रयोग गरि राहदानी बनाएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

गत माघ १३ गते नागरिकता लिनुपर्ने सबै प्रावधान नपुगेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद र गृहमन्त्री पद नै नरहने फैसला गरेको थियो ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?