Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने सरकारी वकिल कार्यालको निर्णय


६ चैत्र, काठमाडाैँ। रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ ।

प्रहरीले लामिछानेको राहदानी प्रकरणमा छानबिन गरेर प्रतिवेदन पठाएको थियो । उक्त प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको हो ।

लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको सरकारी वकिल कार्यालयले गरेको जानकारी दिइएको छ ।

अब उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने प्रावधान रहेको छ ।

विदेशी नागरिकता लिएको र सो त्याग नगरी पुनः नेपाली नागरिकता प्रयोग गरि राहदानी बनाएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

गत माघ १३ गते नागरिकता लिनुपर्ने सबै प्रावधान नपुगेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद र गृहमन्त्री पद नै नरहने फैसला गरेको थियो ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?