Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गर्दै राष्ट्रपति पौडेलले भने सप्तरी मेरो मुटुमा छ


सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको  प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पुजा अर्चना गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पाैडेलले बिशेष पुजा गर्नुका साथै टीका,फूल  तथा प्रसाद ग्रहण गरे  ।
राष्ट्रपति पाैडेल मन्दिरमा पुग्नुहुंदा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । साे अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरेका छन् ।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र  ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए  ।उनले काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने  – सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?