Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गर्दै राष्ट्रपति पौडेलले भने सप्तरी मेरो मुटुमा छ


सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको  प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पुजा अर्चना गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पाैडेलले बिशेष पुजा गर्नुका साथै टीका,फूल  तथा प्रसाद ग्रहण गरे  ।
राष्ट्रपति पाैडेल मन्दिरमा पुग्नुहुंदा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । साे अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरेका छन् ।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र  ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए  ।उनले काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने  – सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?