Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण


काठमाडौ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी भएको स्थलको अवलोकन गरेका छन् । उनले समिति बनाइ आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न सुझाव दिएका छन्। अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताए । उनका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?