Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गायक निशान भट्टराईसँग सम्बन्ध विच्छेद गरिन् मोडल ऋचा न्यौपानेले


काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमा सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

२०७७ सालमा गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीचकोर्ट म्यारिज भएको थियो। ऋचाले दायर गरेको डिभोर्सको मुद्दामा उनीहरुले आपसी सहमतिमै डिभोर्स गरेको जनाइएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?