Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बर्खे जोखिम घटाउन ठमेलबाट विशेष सरसफाइ


काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । आज वडा नं. २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको थियो । यस्तै सहभागीहरुले धुलो बढार्ने, पैदल यात्रुले फालेका बस्तु टिप्ने, सतह ढल सफा गरेर माटो निकाल्नेलगायत क्रियाकलाप गर्नुभएको थियो ।

वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लव तथा संघसंस्था र स्थानीय सहभागिता सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गेलगायत संक्रमण घटाउन मद्दत हुनेछ । उहाँले भन्नुभयो, ‘हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ । यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनु पर्छ । यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फूर्त सहभागिताको अपेक्षा गरेका छौँ ।’

वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताउनुभयो । ‘यो ठमेललगायतका पर्यटकीय स्थल, गोङ्गवु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्क जस्ता वाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो । वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ । यसको संयोजनका लागि काम गरिरहेका छौँ ।’

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भवी शर्माका अनुसार सञ्चय कोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटन मार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दूमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब ४ रिक्सा माटो निकालिएको थियो ।यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा सम्लग्न अधिकारीहरुले प्रतिक्रिया दिनुभयो ।


प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?