Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बञ्चरेडाँडावासीको आन्दोलनलाई कांग्रेस सांसद केसीको ‍ऐक्यबद्धता


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल-बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए।

ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको विषयमा पनि सांसद केसीले भर्त्सना गरे।‘फोहोर व्यवस्थापनको विषय नुवाकोट र काठमाडौंको मात्रै विषय होइन। राष्ट्रिय सरोकारको विषय हो। राष्ट्रिय सरोकार र हरेक नेपालीको चिन्ताको विषय हो। त्यस्तो विषयवस्तुमा पत्रकारलाई प्रवेश निषेध गर्ने जुन निरंकुशता सरकार र महानगरले लिएको त्यसलाई भर्त्सना गर्छु। निन्दा गर्छ,’ उनले भने।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै शनिबार फोहर विसर्जनमा अवरोध गरेको गरेका थिए। उनीहरुले यसअघि प्रधानमन्त्रीसमक्ष राखेको ११ बुँदे माग पनि पूरा नभएको शनिबार फोहोर फाल्न अवरोध गरेका थिए।त्यसक्रममा समितका संयोजक श्रीराम ढुंगानासहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?