Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बञ्चरेडाँडावासीको आन्दोलनलाई कांग्रेस सांसद केसीको ‍ऐक्यबद्धता


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल-बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए।

ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको विषयमा पनि सांसद केसीले भर्त्सना गरे।‘फोहोर व्यवस्थापनको विषय नुवाकोट र काठमाडौंको मात्रै विषय होइन। राष्ट्रिय सरोकारको विषय हो। राष्ट्रिय सरोकार र हरेक नेपालीको चिन्ताको विषय हो। त्यस्तो विषयवस्तुमा पत्रकारलाई प्रवेश निषेध गर्ने जुन निरंकुशता सरकार र महानगरले लिएको त्यसलाई भर्त्सना गर्छु। निन्दा गर्छ,’ उनले भने।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै शनिबार फोहर विसर्जनमा अवरोध गरेको गरेका थिए। उनीहरुले यसअघि प्रधानमन्त्रीसमक्ष राखेको ११ बुँदे माग पनि पूरा नभएको शनिबार फोहोर फाल्न अवरोध गरेका थिए।त्यसक्रममा समितका संयोजक श्रीराम ढुंगानासहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?