Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जन्मदै खुट्टा थिएनन्, हात र शरीरको बलमा संसार जिते


दुई हातले दिएको सफलता — Zion Clark जन्मदै कम्मरमुनीका खुट्टा पलाएनन् । किनभने गर्भावस्थामा उनको आमाले विभिन्न थरीका लागूऔषध सेवन गरेकी थिइन् । बच्चा जन्मेपछी बुवा-आमाले उनलाई हुर्काउन चाहेनन् । उनलाई एडप्ट गर्नको लागि फोस्टर होममा छोडियो । तर १६ वर्षसम्म उनलाई कसैले आफ्नो सन्तान बनाउन चाहेनन् । त्यो अवधीमा उनले निकै दुर्व्यवहार र यातना भोगे । उनलाई बारम्बार म बाँचेर के अर्थ भन्ने लागिरह्यो । तर एक दिन Kimberli Hawkins उनको जीवनमा आमा होइन, भगवान बनेर आइन ।

उनैले उनमा आँट, सहस र विश्वास भरिदिइन् । अर्थहीन लागेको आफ्नै शरीर प्रति उनको विश्वास पलाएर आयो । जीवनमा उद्देश्य भेटे उनले । आफ्नो हात र शरीरको बलमा उनले रेसलिंग सिके । शरीरलाई बलियो बनाए । र, खुट्टाले गर्ने काम हातले गर्न थाले । उनि आफ्नो दुइ हातले सबैभन्दा छिटो दौडिएर गिनिज बुकमा नाम लेखाए । त्यो बाहेक आज उनको नाममा अरू दुई गिनिज बुक रेकर्ड कायम छ ।

आफू माथीको विश्वास र निरन्तरको अभ्यास हुने हो भने कुनै पनि अवस्थाबाट माथी उठ्न सकिन्छ भन्ने उदहारण हुन् उनि । आज उनको आँट र विश्वास लाखौंको लागि प्रेरणा बनेको छ ।


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?