Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जन्मदै खुट्टा थिएनन्, हात र शरीरको बलमा संसार जिते


दुई हातले दिएको सफलता — Zion Clark जन्मदै कम्मरमुनीका खुट्टा पलाएनन् । किनभने गर्भावस्थामा उनको आमाले विभिन्न थरीका लागूऔषध सेवन गरेकी थिइन् । बच्चा जन्मेपछी बुवा-आमाले उनलाई हुर्काउन चाहेनन् । उनलाई एडप्ट गर्नको लागि फोस्टर होममा छोडियो । तर १६ वर्षसम्म उनलाई कसैले आफ्नो सन्तान बनाउन चाहेनन् । त्यो अवधीमा उनले निकै दुर्व्यवहार र यातना भोगे । उनलाई बारम्बार म बाँचेर के अर्थ भन्ने लागिरह्यो । तर एक दिन Kimberli Hawkins उनको जीवनमा आमा होइन, भगवान बनेर आइन ।

उनैले उनमा आँट, सहस र विश्वास भरिदिइन् । अर्थहीन लागेको आफ्नै शरीर प्रति उनको विश्वास पलाएर आयो । जीवनमा उद्देश्य भेटे उनले । आफ्नो हात र शरीरको बलमा उनले रेसलिंग सिके । शरीरलाई बलियो बनाए । र, खुट्टाले गर्ने काम हातले गर्न थाले । उनि आफ्नो दुइ हातले सबैभन्दा छिटो दौडिएर गिनिज बुकमा नाम लेखाए । त्यो बाहेक आज उनको नाममा अरू दुई गिनिज बुक रेकर्ड कायम छ ।

आफू माथीको विश्वास र निरन्तरको अभ्यास हुने हो भने कुनै पनि अवस्थाबाट माथी उठ्न सकिन्छ भन्ने उदहारण हुन् उनि । आज उनको आँट र विश्वास लाखौंको लागि प्रेरणा बनेको छ ।


प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?