Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

इन्जिनियरको आइडिया


ठूलो जहाजको इन्जिन बिग्रियो। लाखौं प्रयास गर्दा पनि कुनै इन्जिनियरले यसलाई ठीक गर्न सकेनन् । त्यसपछि कसैले यस्तो काममा ३० वर्षभन्दा बढी अनुभव भएको मेकानिकल इन्जिनियरको नाम सुझाव दियो । उनलाई बोलाइयो । इन्जिनियर त्यहाँ पुगे र इन्जिनलाई माथिदेखि तलसम्म राम्ररी निरीक्षण गरे। सबै देखेपछि इन्जिनियरले आफ्नो झोला तल झारेर एउटा सानो हथौडा निकाले । त्यसपछि उसले इन्जिनको एक ठाउँमा हथौडाले एक पटक जोडले हान्यो । र भन्यो अब इन्जिन सुरु गर्ने प्रयास गर्नुहोस्। सबैलाई छक्क पर्दै, इन्जिन फेरि सुरु भयो । इन्जिन मर्मत गरेपछि इन्जिनियर गए ।

जब जहाज मालिकले इन्जिनियरलाई जहाज मर्मतको लागि शुल्क सोधे, इन्जिनियरले भने — 20,000।

“विस हजार ?!” मालिक छक्क पर्दै भने “तिमीले लगभग केही गरेनौ। मेरा मानिसहरूले मलाई भनेका थिए कि तपाईंले हथौडाले इन्जिनमा हानेको मात्र हो । यो यति सानो कामको लागि यति महँगो शुल्क ?”

इन्जिनियरले भने — हथौडाले हानेको त जम्मा २००० हो । बाँकी कहाँ र कति हान्ने त्यसको १८,०००/-

त्यसपछि इन्जिनियरले जहाज मालिकलाई भने — यदि म कुनै पनि काम ३० मिनेटमा गर्न सक्छु भने त्यसको कारण मैले ३० मिनेटमा काम गर्न सिकेको छु । मैले तिमीलाई ३० मिनेट दिएको होइन, त्यो समयमा मेरो ३० वर्षको अनुभव दिएँ । शुल्क मेरो अनुभवमा आधारित छ, समयमा होइन् ।

जहाजको मालिक एकदमै लज्जित भयो र खुसीसाथ इन्जिनियरलाई उसको शुल्क तिर्यो।

त्यसैले कसैको विज्ञता र अनुभवको कदर गर्नुहोस् । किनकि यो उनीहरूको वर्षौंको संघर्ष, प्रयोग, कडा परिश्रम र आँसुको परिणाम हो ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?