Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इन्जिनियरको आइडिया


ठूलो जहाजको इन्जिन बिग्रियो। लाखौं प्रयास गर्दा पनि कुनै इन्जिनियरले यसलाई ठीक गर्न सकेनन् । त्यसपछि कसैले यस्तो काममा ३० वर्षभन्दा बढी अनुभव भएको मेकानिकल इन्जिनियरको नाम सुझाव दियो । उनलाई बोलाइयो । इन्जिनियर त्यहाँ पुगे र इन्जिनलाई माथिदेखि तलसम्म राम्ररी निरीक्षण गरे। सबै देखेपछि इन्जिनियरले आफ्नो झोला तल झारेर एउटा सानो हथौडा निकाले । त्यसपछि उसले इन्जिनको एक ठाउँमा हथौडाले एक पटक जोडले हान्यो । र भन्यो अब इन्जिन सुरु गर्ने प्रयास गर्नुहोस्। सबैलाई छक्क पर्दै, इन्जिन फेरि सुरु भयो । इन्जिन मर्मत गरेपछि इन्जिनियर गए ।

जब जहाज मालिकले इन्जिनियरलाई जहाज मर्मतको लागि शुल्क सोधे, इन्जिनियरले भने — 20,000।

“विस हजार ?!” मालिक छक्क पर्दै भने “तिमीले लगभग केही गरेनौ। मेरा मानिसहरूले मलाई भनेका थिए कि तपाईंले हथौडाले इन्जिनमा हानेको मात्र हो । यो यति सानो कामको लागि यति महँगो शुल्क ?”

इन्जिनियरले भने — हथौडाले हानेको त जम्मा २००० हो । बाँकी कहाँ र कति हान्ने त्यसको १८,०००/-

त्यसपछि इन्जिनियरले जहाज मालिकलाई भने — यदि म कुनै पनि काम ३० मिनेटमा गर्न सक्छु भने त्यसको कारण मैले ३० मिनेटमा काम गर्न सिकेको छु । मैले तिमीलाई ३० मिनेट दिएको होइन, त्यो समयमा मेरो ३० वर्षको अनुभव दिएँ । शुल्क मेरो अनुभवमा आधारित छ, समयमा होइन् ।

जहाजको मालिक एकदमै लज्जित भयो र खुसीसाथ इन्जिनियरलाई उसको शुल्क तिर्यो।

त्यसैले कसैको विज्ञता र अनुभवको कदर गर्नुहोस् । किनकि यो उनीहरूको वर्षौंको संघर्ष, प्रयोग, कडा परिश्रम र आँसुको परिणाम हो ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?