Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कस्तो हुनुपर्छ नवदम्पतिको कोठा?


समाजमा अधिकांश युवा युवतीले विवाह गर्छन् । नवविवाहित दम्पतीले आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन चाहन्छन् । त्यसैले वास्तुशास्त्र अनुसार दाम्पत्य जीवन सुखमय बनाउनका लागि नव दम्पत्तिले आफ्नो सुत्नेकोठामा यी कुरा सधैँ ख्याल गर्नुपर्छ ।

१. नवदम्पतिको सुत्नेकोठा पश्चिम दिशातिर हुनु राम्रो मानिन्छ यदि त्यो सम्भव नभए दक्षिण वा पश्चिम दिशामा पनि व्यवस्था गर्न सकिन्छ । तर पुर्वी दिशामा भने नराम्रो मानिनछ किनभने वास्तुशास्त्र अनुसार यो दिशामा जलतत्वको प्रमुखता हुन्छ ।

२. नवदम्पतिले सुत्दा कहिले पनि उत्तर दिशातर्फ सिरानी हुनुहुँदैन अरु ३ दिशामा भने सिरानी बनाउदा राम्रो हुन्छ ।

३. नवदम्पतिले आफ्नो सुत्नेकोठाको भित्ताको रंग हल्का गुलाबी, हल्का पहेँलो, प्याजी,रातो एवं सुन्तलारंगको प्रयोग उचित हुन्छ । तर कालो, गाढा खैरो रंग प्रयोग गर्नुहुँदैन ।

४. नवदम्पतिको सुत्ने कोठको सजावटमा उदाउँदो सूर्य, बगैंचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त राख्दा राम्रो हुने वास्तु शासत्रले बताउँछ । र ती तस्बिरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनुपर्छ । यसबाट आपसी प्रेम, सद्भावना र एक अर्काप्रति उत्तरदायित्वको भावनामा बृद्धि हुन्छ ।

५. वास्तुशास्त्र अनुसार नवदम्पतिको कोठामा हल्का फनिर्चर प्रयोग गर्नुपर्छ ।

६. नवदम्पतिको सुत्ने ओछ्यान सामु ऐना राख्नुहुदैन,यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधै पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारणल अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?