Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कस्तो हुनुपर्छ नवदम्पतिको कोठा?


समाजमा अधिकांश युवा युवतीले विवाह गर्छन् । नवविवाहित दम्पतीले आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन चाहन्छन् । त्यसैले वास्तुशास्त्र अनुसार दाम्पत्य जीवन सुखमय बनाउनका लागि नव दम्पत्तिले आफ्नो सुत्नेकोठामा यी कुरा सधैँ ख्याल गर्नुपर्छ ।

१. नवदम्पतिको सुत्नेकोठा पश्चिम दिशातिर हुनु राम्रो मानिन्छ यदि त्यो सम्भव नभए दक्षिण वा पश्चिम दिशामा पनि व्यवस्था गर्न सकिन्छ । तर पुर्वी दिशामा भने नराम्रो मानिनछ किनभने वास्तुशास्त्र अनुसार यो दिशामा जलतत्वको प्रमुखता हुन्छ ।

२. नवदम्पतिले सुत्दा कहिले पनि उत्तर दिशातर्फ सिरानी हुनुहुँदैन अरु ३ दिशामा भने सिरानी बनाउदा राम्रो हुन्छ ।

३. नवदम्पतिले आफ्नो सुत्नेकोठाको भित्ताको रंग हल्का गुलाबी, हल्का पहेँलो, प्याजी,रातो एवं सुन्तलारंगको प्रयोग उचित हुन्छ । तर कालो, गाढा खैरो रंग प्रयोग गर्नुहुँदैन ।

४. नवदम्पतिको सुत्ने कोठको सजावटमा उदाउँदो सूर्य, बगैंचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त राख्दा राम्रो हुने वास्तु शासत्रले बताउँछ । र ती तस्बिरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनुपर्छ । यसबाट आपसी प्रेम, सद्भावना र एक अर्काप्रति उत्तरदायित्वको भावनामा बृद्धि हुन्छ ।

५. वास्तुशास्त्र अनुसार नवदम्पतिको कोठामा हल्का फनिर्चर प्रयोग गर्नुपर्छ ।

६. नवदम्पतिको सुत्ने ओछ्यान सामु ऐना राख्नुहुदैन,यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधै पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारणल अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?