Trending
>>   बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा >>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु >>   नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु) >>   काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक जनाको मृत्यु >>   आज मिति २०८२ साल वैशाख ३१ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न >>   १० महत्वपूर्ण बानीहरु जसले तपाइँलाई सफलताको उचाईमा पुर्याउँछ ! >>   औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन >>   गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

प्रेमिका वा पत्निको मुखबाट के सुन्न चाँहदैनन् पुरुष?


महिला र पुरुषको सम्बन्ध प्रेममा मात्र होइन विभिन्न उतार चढावमा आधारित हुन्छ । कतिपय कुरा यस्ता छन् जुन पुरुष आफ्नी प्रेमिका वा पत्निको मुखबाट कहिल्यै पनि सुन्न चाँहदैनन् । यहाँ कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीलाई भन्न नहुने ५ कुराको चर्चा गरिएको छ ।

१.पति वा प्रेमीले साथी भाइसँग बसेर मदिरा सेवन गर्दै छ भने उसलाई अर्को गिलास पनि खाने । यति धेरै पिउने भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्दा पुरुषले अपमानित महसुस गर्छन् र सम्बन्धमा समस्या आउँछ ।

२. पति वा प्रेमीलाई उसको पूर्व प्रेमिकासँग अझै पनि सम्बन्ध छ भनेर शंकालु प्रश्न नसोध्नुस् । तिमी अझै पनि उसलाई भेट्छौ रे कुरा गर्छौ रे भन्ने जस्ता शंकालु प्रश्न सोध्न थाल्नु भो भने तपाइँ सम्बन्ध विगार्दै हुनु हुन्छ ।

३. कुनै पनि महिलाले आफूले लगाएको कपडाले मोटो देखाएको छ कि छैन भनेर प्रेमि वा पतिलाई सोधे भने उनीहरु निराश हुन्छन् । किन भने पुरुषहरुले मनमा लागेको कुरा भनिदिन्छन् जुन महिलालाई मन पर्दैन ।

४. पति वा प्रेमीसँग आफू उसकी पूर्व प्रेमिका जति सुन्दर नभए पनि कम नभएको भन्ने जस्ता तुलना नगर्नुस् । अझ उ भन्दा म यो यो कुरामा राम्रो भन्ने जस्ता तुलनाले पुरुषले तपाइँसँग घृणा गर्छन् ।

५. पति वा प्रेमीलाई उसकी पूर्व प्रेमिकासँग विवाह किन नगरेको वा भविष्यमा गर्ने विचार छ कि छैन भन्ने जस्ता कठोर प्रश्न नगर्नुस् । यस्ता प्रश्नले पुरुषलाई आफ्नै ब्यक्तित्वमाथिको प्रहार जस्तो लाग्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?