Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रेमिका वा पत्निको मुखबाट के सुन्न चाँहदैनन् पुरुष?


महिला र पुरुषको सम्बन्ध प्रेममा मात्र होइन विभिन्न उतार चढावमा आधारित हुन्छ । कतिपय कुरा यस्ता छन् जुन पुरुष आफ्नी प्रेमिका वा पत्निको मुखबाट कहिल्यै पनि सुन्न चाँहदैनन् । यहाँ कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीलाई भन्न नहुने ५ कुराको चर्चा गरिएको छ ।

१.पति वा प्रेमीले साथी भाइसँग बसेर मदिरा सेवन गर्दै छ भने उसलाई अर्को गिलास पनि खाने । यति धेरै पिउने भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्दा पुरुषले अपमानित महसुस गर्छन् र सम्बन्धमा समस्या आउँछ ।

२. पति वा प्रेमीलाई उसको पूर्व प्रेमिकासँग अझै पनि सम्बन्ध छ भनेर शंकालु प्रश्न नसोध्नुस् । तिमी अझै पनि उसलाई भेट्छौ रे कुरा गर्छौ रे भन्ने जस्ता शंकालु प्रश्न सोध्न थाल्नु भो भने तपाइँ सम्बन्ध विगार्दै हुनु हुन्छ ।

३. कुनै पनि महिलाले आफूले लगाएको कपडाले मोटो देखाएको छ कि छैन भनेर प्रेमि वा पतिलाई सोधे भने उनीहरु निराश हुन्छन् । किन भने पुरुषहरुले मनमा लागेको कुरा भनिदिन्छन् जुन महिलालाई मन पर्दैन ।

४. पति वा प्रेमीसँग आफू उसकी पूर्व प्रेमिका जति सुन्दर नभए पनि कम नभएको भन्ने जस्ता तुलना नगर्नुस् । अझ उ भन्दा म यो यो कुरामा राम्रो भन्ने जस्ता तुलनाले पुरुषले तपाइँसँग घृणा गर्छन् ।

५. पति वा प्रेमीलाई उसकी पूर्व प्रेमिकासँग विवाह किन नगरेको वा भविष्यमा गर्ने विचार छ कि छैन भन्ने जस्ता कठोर प्रश्न नगर्नुस् । यस्ता प्रश्नले पुरुषलाई आफ्नै ब्यक्तित्वमाथिको प्रहार जस्तो लाग्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?