Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन: परराष्ट्रमन्त्री


काठमाडौं । उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।चीनको भ्रमण सकेर स्वदेश फर्किएका श्रेष्ठले च्रमण उपलब्धिमुलक भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिपूर्ण भएको र बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको तर्क गरे ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने र अन्तिम निष्कर्षमा पुग्ने बताए ।नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको सन्देश आफूले दिएको उनको भनाई छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?