Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन: परराष्ट्रमन्त्री


काठमाडौं । उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।चीनको भ्रमण सकेर स्वदेश फर्किएका श्रेष्ठले च्रमण उपलब्धिमुलक भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिपूर्ण भएको र बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको तर्क गरे ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने र अन्तिम निष्कर्षमा पुग्ने बताए ।नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको सन्देश आफूले दिएको उनको भनाई छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?