Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निःशुल्क सार्वजनिक शौचालयका लागि ५० वटा पेट्रोल पम्पलाई सरसफाइका सामान दिइने


काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । शुक्रबार महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गर्नुभयो ।

सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरु सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन । यसवापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ ।

सरसफाइका लागि दिइने सामानमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट, डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहित छन् । यी सामानहरु टिनको बाकसमा हालेर दिने गरिएको छ ।

एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालु आर्थिक बर्षमा ३ सय वटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ । यस क्रममा एशोसिएनसँग सम्झौता गरिएको हो ।

सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरुले शुल्क लिन वा शौचालय प्रयोग गरेवापत् कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउने छैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउने छैनन् । शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासाको व्यवस्था पम्पहरुले गर्नुपर्नेछ । महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुको तत्काल सुधार गर्न गठित समितिले दिएको सुझावका आधारमा अहिले सबै पम्पहरु पहेँलो रङ्ग चिन्ह प्रयोग गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?