Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

नेपाल आँउदै सलमान खान


काठमाडौ ।भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।

आयोजकमध्येका एक सीमान्त गुरुङले भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’ सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।

सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुत्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको जानकारी संस्कृति महाशाखाका सहसचिव सुरेश सुरश श्रेष्ठले दिए।ओडिसी इन्टरटनमेन्टले यसअघि नै २०७४ मा सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम थियो। सुरक्षा चुनौतीको कारण त्यतिबेलाको कार्यक्रम सारिएको थियो।त्यसबेला काटिएका टिकटहरू धेरै फिर्ता गरिएको छ र टिकटको भर्पाइ नलगेकालाई यस कार्यक्रममा त्यही टिकटको आधारमा मान्यता दिने गुरुङले बताए।


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?