Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाल आँउदै सलमान खान


काठमाडौ ।भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।

आयोजकमध्येका एक सीमान्त गुरुङले भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’ सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।

सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुत्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको जानकारी संस्कृति महाशाखाका सहसचिव सुरेश सुरश श्रेष्ठले दिए।ओडिसी इन्टरटनमेन्टले यसअघि नै २०७४ मा सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम थियो। सुरक्षा चुनौतीको कारण त्यतिबेलाको कार्यक्रम सारिएको थियो।त्यसबेला काटिएका टिकटहरू धेरै फिर्ता गरिएको छ र टिकटको भर्पाइ नलगेकालाई यस कार्यक्रममा त्यही टिकटको आधारमा मान्यता दिने गुरुङले बताए।


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?