Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

विपन्न परिवारसँग घर बनाउन सम्झौता


सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको नगर प्रमुख महेश चौधरीले बताउनुभयो ।

सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर रु दुई लाख संस्थाले दिने भएको छ । काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ । प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठा घर र शौचालय निर्माण गरिने हयाबिटयाटका परियोजना व्यवस्थापक रामबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घरको ढाँचा नगरपालिका, भवानी एकीकृत र सो संस्थाका प्राविधिकले बनाउने, घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने श्रेष्ठले बताउनुभयो । घर बनाउन स्थानीय सामग्री प्रयोग र गाउँकै मजदुरलाई रोजगारी प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?