Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विपन्न परिवारसँग घर बनाउन सम्झौता


सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको नगर प्रमुख महेश चौधरीले बताउनुभयो ।

सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर रु दुई लाख संस्थाले दिने भएको छ । काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ । प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठा घर र शौचालय निर्माण गरिने हयाबिटयाटका परियोजना व्यवस्थापक रामबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घरको ढाँचा नगरपालिका, भवानी एकीकृत र सो संस्थाका प्राविधिकले बनाउने, घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने श्रेष्ठले बताउनुभयो । घर बनाउन स्थानीय सामग्री प्रयोग र गाउँकै मजदुरलाई रोजगारी प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: २१ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?