Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी एसईई परीक्षामा सहभागी, ५२६ जना गयल


काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४६७ वटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) को कक्षागत विवरणमा यस शैक्षिक सत्रको कक्षागत विवरणमा कक्षा १० का १८ हजार ५६ जना विद्यार्थीको विवरण दर्ता गरेका थिए । जसमा ९ हजार ५६७ जना छात्र र ८ हजार ४८९ जना छात्रा छन् ।

यीमध्ये कति विद्यार्थी परीक्षामा सहभागी भए, प्रश्नको जवाफमा एकाइ प्रमुख अधिकारी भन्नुहुन्छ, ‘यो विवरण भरिसकेपछि खुलेको फारामबाट विद्यार्थीको संख्या थप हुन सक्छ । महानगरपालिकाभित्रका कुल परीक्षार्थीमध्ये कति विद्यार्थी सहभागी भए भन्न कठिन छ किनभने हामीले विद्यार्थीहरुको सहजताका लागि अन्य पालिकाका विद्यार्थीको परीक्षा केन्द्र महानगरपालिका र महानगरपालिकाका विद्यार्थीहरुका लागि अन्य पालिकामा पनि केन्द्र बनाएका छौँ ।’


प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?