Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, ८ लाख सेनामा भर्ती हुँदै


५ चैत्र, एजेन्सी । उत्तर कोरियाले आज पनि छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । एक साताको अवधिमा प्योङयाङले गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाइ उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

दक्षिण कोरियाको सेनाले उत्तरी प्योन्गान प्रान्तको टोङचाङरी क्षेत्रबाट पूर्वी सागरतर्फ प्योङयाङले आज बिहान छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको बताएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्र आठ सय किलोमिटर परसम्म उडेको थियो । सोलले आजको प्रक्षेपणलाई गम्भीर उत्तेजना तथा राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन भनेको छ ।

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले पनि प्रक्षेपणको निन्दा गरेको छ । जापानले पनि उक्त परीक्षणको निन्दा गरेको छ । टोकियोले बेइजिङस्थि आफ्नो दूतावासमार्फत उत्तर कोरियाको विरोध गरेको जापानका उपरक्षामन्त्री ताशिरो इनोले पत्रकारहरूलाई बताए। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय सेनामा स्वेच्छाले भर्ती हुन आठ लाखभन्दा बढी युवाले इच्छा व्यक्त गरेको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण भएको जनाएको छ ।

देशको रक्षाका खातिर आफूहरू सेनामा सेवा गर्न तयार रहेको उनीहरूले बताएका छन् । बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?