Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न नेविसंघकाे माग


काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएको बताएको छ । नेविसंघका विधार्थि नेताहरु द्बारा प्रदर्शन गरिएको थियो ।

त्रिविको बीए र बीएड संकायको प्रथम वर्षको केही क्याम्पसहरुको उत्तरपुस्तिका हराएको तथ्य उजागर भएको थियो । तर, त्रिविले भने यसबारेमा कुनैपनि प्रतिक्रिया दिएको छैन् ।पछिल्लो समयमा आएर त्रि।वि देशको राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको रण मैदान बनेको छ। यसको ठूलो कारण राज्यसत्तामा बसेकाहरुले पटक पटकसम्म आफ्नो सत्ता स्वार्थका लागि गरिएका गैरप्राज्ञिक गतिविधिका कारण नै सृजना भएको नेविसंघको दाबी छ ।

‘यसअघि पनि हामीले त्रिभुवन विश्वविद्यालयमा टड्कारो बनेर बसेको ‘दलीय भागवण्डा’’ पदाधिकारी नियुक्त गर्दा होस् वा अन्य कुनै त्रिविको प्रशासनिक काम कारवाहीमा होस् त्यो अन्त्य हुनु पर्छ भनेर देशव्यापी रूपमा अभियान नै सञ्चालन गरेर करिब १५००० विद्यार्थीहरूका तर्फबाट सम्माननीय प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपतिलाई पत्र संकलन गरेका थियौं’ नेविसंघले भनेको छ ‘सम्माननीय प्रधानमन्त्री ज्यूले विश्वविद्यालयमा दलीय भागवण्डाको अन्त्य हुने र उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नै नियुक्त हुने आश्वासन समेत जनाउनु भएको तर नियुक्त गर्दा बैमानीपूर्ण ढंगबाट दलीय स्वार्थ बोकेका व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नु भयो। त्यसैको निरन्तरता स्वरुप अहिले पनि रजिस्ट्रार र रेक्टर नियुक्ति प्रक्रियामा पनि यस्तै गतिविधिहरुलाई प्रश्रय दिइरहेको देखिएको छ। रजिस्ट्रार र रेक्टर नियुक्ति प्रकियालाई पारदर्शी बनाउनु पर्ने सट्टामा उपकुलपतिले सीमित स्वार्थका लागि दलीय भागवण्डालाई नै प्रश्रय दिइरहेको देखिएको छ’।

उत्तरपुस्तिका हराएको र पुनः परीक्षा सञ्चालन गर्न त्रिविले सूचना निकालेकोप्रति आपत्ति जनाउँदै नेविसंघले भनेको छ ‘उक्त विषयमा छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस समेत भइसकेको तर अहिलेसम्म पनि कारवाहीको कुनै पनि प्रक्रिया उपकुलपति कार्यालयले नचालेको अवस्था छ। यसका कारण उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरुले गुमाउनु परेको १ वर्षको महत्त्वपूर्ण समय र मानसिक असरको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनु पर्छ’।

बिए र बिएड प्रथम वर्षको परीक्षामा देखिएको कमजोरी र छानबिनबाट कारवाहीको लागि सिफारिस समेत भइसकेकाले कारवाहीको प्रक्रिया छिटो भन्दा छिटो गर्न नेपाल विद्यार्थी संघले जोडदार माग गरेको छ ।


प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?