Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जोखिमयुक्त फोहोर निर्मलीकरण : महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने


काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले, कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाबाट सहयोग हुने र यसबाट एकीकृत केन्द्र सञ्चालन सहकार्य गर्ने सहमति भएको हो ।

यही सहमतिका आधारमा स्थलगत अवलोकन गर्ने, डिजाइन र लागत इष्टिमेट तयार पार्ने तथा सहभागिता र सञ्चालन विधि तयार पारेर सम्झौता हुनेछ । बैठकमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘महानगरपालिकाले स्वास्थ्य प्रबर्धन केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रहरुबाट उत्पादन हुने हानीकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौँ । यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बिचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ ।’ स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको अनुगमन गर्ने क्रममा देखिएको अवस्थाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अस्पतालहरुबाट उत्पादन हुने सबै फोहोर हानीकारक हुँदैन । स्रोतमा सुरक्षित वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नु पर्ने देखिएको छ । अन्य फोहोरलार्य पुनःप्रयोग र पुनःचक्रिय प्रयोगमा ल्याउन सकिन्छ । यसमा एउटा एकीकृत अभ्यास गरौँ । यसको सफल अभ्यासलाई प्रबर्धन गरौँ ।’


प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?