Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

घानामा डुङ्गा दुर्घटना ५ जनाको मृत्यु


५ चैत्र, एजेन्सी । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताएका छन् ।

उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन् । आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताउनु भएको छ । उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?