Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कान्ति अस्पतालले फर्काएकाे ७ वर्षीया सेन्जलकाे उपचार अभावमा निधन !


काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी दिए । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाई छ ।

शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राती ११ बजे बुटवल बाट काठमाडौँ ल्याइएको थियो । उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भैरहेको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौँको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।

काठमाडौँ ल्याउँदा उनलाई बाटोमा श्वास प्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न पर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन। अस्पतालमा भेन्टिलेटर नभएकोले अन्त लगेर उपचार गर्न भनेको थियो ।

त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भैरहेको थियो । कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफन्तको आरोप थियो । त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा आलोचना भैरहेको थियो ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?