Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कान्ति अस्पतालले फर्काएकाे ७ वर्षीया सेन्जलकाे उपचार अभावमा निधन !


काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी दिए । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाई छ ।

शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राती ११ बजे बुटवल बाट काठमाडौँ ल्याइएको थियो । उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भैरहेको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौँको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।

काठमाडौँ ल्याउँदा उनलाई बाटोमा श्वास प्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न पर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन। अस्पतालमा भेन्टिलेटर नभएकोले अन्त लगेर उपचार गर्न भनेको थियो ।

त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भैरहेको थियो । कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफन्तको आरोप थियो । त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा आलोचना भैरहेको थियो ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?