Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

साताको पहिलो दिन घट्यो शेयर बजार


५ चैत्र, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् ।

आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अङ्कले घटेको छ ।

तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबारमा सानिमा ग्रोथ फन्डको आठ दशमलव ५६ र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ३३ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?