Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट


५ चैत्र, ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेट गरेका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

शीतल निवासमा आज भएको भेटमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेट गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गरेका थिए ।

त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?