Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपाली समाज अझै दासताबाट मुक्त हुन सकेनः अर्थविद न्यौपाने


काठमाडौं । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘कसैलाई केपी ओलीजीको दास बन्नुछ, कसैलाई प्रचण्डको दास बन्नुछ, कसैलाई ज्ञानेन्द्रको दास बन्नुछ, कसैलाई रविजीको दास बन्नुछ । यहाँ दासैदासको समाज भयो । त्यसैले यो पहिला दासताबाट मुक्त हुनुस् । एकचोटी स्वतन्त्रताको स्वास फेर्नुस् । अब फेरी नेपालमा व्यवस्था परिवर्तन गर्न आवश्यक छैन ।’

वर्तमान व्यवस्थालाई नै हामीले निर्माण गर्नुपर्ने उनको भनाइ छ । वर्तमान व्यवस्थाले राजनीतिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्नसक्ने उनको भनाइ छ । कांग्रेस र कम्युनिष्टको शोषणबाट आक्रान्त भएका नेपालीहरुलाई फेरी फालिएको राजतन्त्र ल्याएर पिल्साउन नहुने उनको तर्क छ । वर्तमान व्यवस्था पुँजीवादी भएपनि हालिमुहाली समाजवादी र साम्यवादको वकालत गर्नेहरुले गरेको उनको आरोप छ ।

साथै, सरकारले स्टन्ट गरेर पुँजीपति, उद्योगी र व्यवसायीहरुलाई आतङ्कित पार्ने गरेको भन्दै उनले उक्त कार्यको विरोध गरे । अर्थविद् न्यौपानेले पुँजीपति, उद्योगी, व्यवसायी र लगानीकर्ता भएमा मात्रै देश विकास र रोजगारी सिर्जना हुने बताए ।

‘सरकारमा बसेर स्टन्ट गर्ने होईन, कसैलाई आतङ्कित पार्ने होईन । हामीलाई पुँजीपतिहरु चाहिएको छ । उद्योग, विदेशी लगानी चाहिएको छ । अनि पो यहाँ रोजगारी हुन्छ,’– उनले भने । जातको आधारमा राजनीति गर्न खोज्नेहरुलाई समाजवाद बहिस्कार गर्नुपर्ने उनले बताए । उनले नागरिक अभियन्ताको नाममा विकृति फैलाउनेहरुमाथित कारबाही गरिनुपर्ने बताए । अर्थविद् न्यौपानेले यही व्यवस्थाले देशमा सुशासन र समृद्धि दिन सक्ने दाबी गरे । वर्तमान व्यवस्थामाथि केहीले स्टन्ट गरेर प्रश्न उठाएको भन्दै उनले तिनीहरुलाई भेलुबाजेको संज्ञा दिए ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?