Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

नेपाली समाज अझै दासताबाट मुक्त हुन सकेनः अर्थविद न्यौपाने


काठमाडौं । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘कसैलाई केपी ओलीजीको दास बन्नुछ, कसैलाई प्रचण्डको दास बन्नुछ, कसैलाई ज्ञानेन्द्रको दास बन्नुछ, कसैलाई रविजीको दास बन्नुछ । यहाँ दासैदासको समाज भयो । त्यसैले यो पहिला दासताबाट मुक्त हुनुस् । एकचोटी स्वतन्त्रताको स्वास फेर्नुस् । अब फेरी नेपालमा व्यवस्था परिवर्तन गर्न आवश्यक छैन ।’

वर्तमान व्यवस्थालाई नै हामीले निर्माण गर्नुपर्ने उनको भनाइ छ । वर्तमान व्यवस्थाले राजनीतिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्नसक्ने उनको भनाइ छ । कांग्रेस र कम्युनिष्टको शोषणबाट आक्रान्त भएका नेपालीहरुलाई फेरी फालिएको राजतन्त्र ल्याएर पिल्साउन नहुने उनको तर्क छ । वर्तमान व्यवस्था पुँजीवादी भएपनि हालिमुहाली समाजवादी र साम्यवादको वकालत गर्नेहरुले गरेको उनको आरोप छ ।

साथै, सरकारले स्टन्ट गरेर पुँजीपति, उद्योगी र व्यवसायीहरुलाई आतङ्कित पार्ने गरेको भन्दै उनले उक्त कार्यको विरोध गरे । अर्थविद् न्यौपानेले पुँजीपति, उद्योगी, व्यवसायी र लगानीकर्ता भएमा मात्रै देश विकास र रोजगारी सिर्जना हुने बताए ।

‘सरकारमा बसेर स्टन्ट गर्ने होईन, कसैलाई आतङ्कित पार्ने होईन । हामीलाई पुँजीपतिहरु चाहिएको छ । उद्योग, विदेशी लगानी चाहिएको छ । अनि पो यहाँ रोजगारी हुन्छ,’– उनले भने । जातको आधारमा राजनीति गर्न खोज्नेहरुलाई समाजवाद बहिस्कार गर्नुपर्ने उनले बताए । उनले नागरिक अभियन्ताको नाममा विकृति फैलाउनेहरुमाथित कारबाही गरिनुपर्ने बताए । अर्थविद् न्यौपानेले यही व्यवस्थाले देशमा सुशासन र समृद्धि दिन सक्ने दाबी गरे । वर्तमान व्यवस्थामाथि केहीले स्टन्ट गरेर प्रश्न उठाएको भन्दै उनले तिनीहरुलाई भेलुबाजेको संज्ञा दिए ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?