Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इक्वेडरमा भूकम्प: १६ जनाको मृत्यु, ४०० घाइते


५ चैत्र, काठमाडाैँ शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?