५ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भर्को छ ।
आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोली (सोमबार) विश्वासको मत लिँदैछन् ।
यसअघि आज नै नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार