Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

एक्सनमा बालेनः महानगरमा हरेक दिन प्रशासकीय अधिकृत र विभागीय प्रमुखबिच बैठक अनिवार्य !


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाउनुभएको छ । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन यस प्रकारको तालिका बनाइएको उहाँले जानकारी दिनुभयो ।

‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामाभन्दा विषयमा केन्द्रीत गरिनेछ ।’ बैठक योजनाका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’

आज उहाँकै कार्यकक्षमा बसेको आर्थिक बर्ष २०७९/०८० को महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखहरुसँग छलफल गर्दै योजना सुनाउनु भएको हो । खर्च बढाउन र बेरुजु घटाउन विभागका प्रमुखहरुले सक्रिय भएर काम गर्नुमा उहाँको जोड थियो ।

प्रतिवेदनले औल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ वेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखहरुले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नु पर्ने काम र निर्वाह गर्नु पर्ने भूमिका छलफलको मुख्य विषय थियो ।

बैठकमा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरे, विषयसँग सम्बन्धित यस अघि गरिएका कामका विषयमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?