Trending
>>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे >>   जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन


काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
समाजका संरक्षक काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरुको सहभागिता थियो ।

हाल जिल्ला भित्रका अधिकृतहरु संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।

सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोबिन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार के.सी., दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका, काठमाडौं सदस्य भूमिराज भूसाल, को.ले.नि.का., सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।
दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरि उक्त समिति गठन गरेको हो ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?