Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

५ हजार वर्ष पहिला नै भागवत गीतामा लेखिएको कलीयुगका १० भविष्यवाणी


हिन्दू धर्मको सबैभन्दा पुरानो र महत्वपूर्ण ग्रन्थ मध्ये एक श्रीमद्भागवत गीताको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको अनुमान गरिन्छ ।

५ हजार वर्ष पहिला श्रीमद्भागवत गीतामा कलियुगका बारेमा गरिएका केही भविष्यवाणी यस्ता छन् :

१. अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रतिदिन घट्दै जानेछ ।

२. कलीयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्तिका आधारमा लागू गरिने छ ।

३. कलियुगमा पुरुष-स्त्री विवाहविना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् । व्यापार सफलता छल–कपटमा निर्भर हुनेछ । कलियुगमा ब्राह्मण एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

४. जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति चतुर र चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान कहलिनेछ ।

५. मानिसहरु भोक-प्यास तथा कयौं खालका दुःख चिन्ताका कारण दुखी रहनेछन् । अनेक खालका रोगले उनीहरु आक्रान्त बन्नेछन् । कलियुगमा मान्छेको उमेर घट्ने छ । कलि युगको अन्त्यसम्म उमेर केवल बीस या तीस वर्षको हुनेछ ।

६. मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंदा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानिसको लक्ष हुनेछ ।

७. पानी कम पर्नेछ । सूख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ । यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्नेछन् र नष्ट हुन थाल्नेछन् ।

८. कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक समझौता हुनेछ । मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भएँ भन्ने सोच्नेछन् ।

९. धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावटीका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ । मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन्।

१०. अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन्।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?