Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैंक अफ जापान’ को घोषणा


टोकियो। बैंक अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैंकले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बसेको दुई दिने बैठकपछि अल्पकालीन दरलाई एक तहमाथि लग्दै माइनस ०.१ देखि ०.१ प्रतिशतको दायरामा लाने निर्णय गरेको छ । बैंकले स्थिर २ प्रतिशत मुद्रास्फीति प्राप्त गर्ने लक्ष्यलाई मध्यनजर गर्दै उक्त निर्णय लिएको बताएको छ ।

बैठकपछि बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य स्थिरताको लक्ष्य दिगो र स्थिर रूपमा दुई प्रतिशत हासिल हुने देखिएको छ । सकारात्मक दरहरूलाई परिपक्व दायरामा ल्याउने क्रममा बैंकले अत्यधिक ब्याजदर नियन्त्रण नीतिलाई खारेज गर्ने निर्णय गरेको छ । यस अन्तर्गत केन्द्रीय बैंकले दीर्घकालीन ब्याज दरहरू लगभग शून्य प्रतिशतमा राख्न सकियोस् भनी जापानी सरकारी ऋणपत्रको ठूलो मात्रा खरीद गरेको थियो ।’

यसैबीच, बैंकले घरायसी उपभोग सुस्त रहेकाले अर्थतन्त्रमा निरन्तर कमजोरी रहेको औँल्याएको छ भने ब्याजदरमा तीव्र वृद्धि हुन नदिन सरकारको ऋणपत्र आवश्यकताअनुसार खरिद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले सन् २०१६ मा ऋणात्मक दर र प्रतिफल वक्र नियन्त्रण सुरु गरेको थियो । यो बैंकको दशकभन्दा लामो ‘अल्ट्रालुज’ (अत्यधिक कम अर्थात् ऋणात्मक ब्याजदर) मौद्रिक नीति प्रोत्साहनको प्रतीक थियो ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नकारात्मक दर र उत्पादन वक्र नियन्त्रण कार्यक्रममा मौद्रिक सहजता ढाँचा समावेश हुन्छ र यसमा बैंकले आफ्नो भूमिका ‘पूरा’ गरेको छ ।’

प्रमुख जापानी फर्महरूले यस महिना प्रमुख श्रमिक सङ्घसङ्गठनहरूसँग ज्यालामा ५.२८ प्रतिशत वृद्धि गर्न सहमत भएपछि मंगलबार अपेक्षित कदम आएको छ, जसले ३३ वर्षमा सबैभन्दा ठूलो वेतन वृद्धिलाई संकेत गरेको छ भने केन्द्रीय बैंकको विश्वासलाई बढाएको छ । जापानमा स्वस्थ ज्याला–मूल्य चक्रले जरा गाडेको छ र हल्का मुद्रास्फीति जारी रहनेछ ।

एजेन्सी । 


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?