Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित


रामेछाप। जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए।

शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको इसिजी र एक सय १८ जनाको मुटु परीक्षण गरिएको जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए। दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ ।

शिविरको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइरालाले गरेका थिए । उद्घाटनका क्रममा उहाँले यस्ता शिविरले धेरै नागरिकलाई फाइदा पुग्ने भएकाले देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?